SAPDC को बारेमा

एसजेभीएन अरुण-३ पावर डेभलपमेन्ट कम्पनी प्रा. लिमिटेड (एसएपीडीडी) नेपालको कम्पनी ऐन २०६३ अनुसार सन् २०१३/०४/२५ मा दर्ता भएको कम्पनी हो। जसको एकमात्र शेयरधारक एसजेभीएन लिमिटेड रहेको छ ।

एसएपीडीडीको मुख्य उद्देश्य अरुण -३ ( 900 मेगावाट ) जलबिधुत परियोजनाको योजना तर्जुमा गर्नु ,प्रोत्साहन
गर्नु, ब्यबस्थापन गर्नु र कार्यान्वयन गर्नु हो। सो सम्बन्धमा नेपालको लगानी बोर्ड (आईबीएन), नेपाल सरकार र एसएपीडीसी बीच सन् २०१४/११/२५ मा परियोजना विकास सम्झौता (पीडीए) मा हस्ताक्षर गरिएको थियो।

यो परियोजनाले नेपाल सरकारलाई  २१. ९ % नि: शुल्क शक्ति प्रदान गर्नेछ र स्थानीय विकासको लागि रोजगारीको अवसर सृजना गरेर, स्थानीय उद्योगहरू बढाउन र उद्यमिता बढाउने गरी सहयोग पुर्याउन मद्दत गर्दछ। एसएपीडीडीले परियोजना क्षेत्रमा ग्रामीण बिधुतिकरण्को लागि बिधुत प्रसारण लाइन निर्माण गर्नेछ।

परियोजनाले सडक, पुल निर्माण र स्वास्थ्य केन्द्रको सुविधा र सामुदायिक केन्द्रहरू प्रदान गर्ने आधारभूत संरचनाको विकास गर्न मद्दत गर्नेछ, जस ले एक बलियो सामुदायिक पूर्वाधार प्रदान गर्नेछ। साथै, कौशल प्रशिक्षण र अन्य कार्यक्रमहरूले प्रभावित समुदायहरूलाई ठूलो वित्तीय सहयोग प्रदान गर्नेछ। नेपाल सरकारले कुल जीवनकाल मा रु. 33,866 करोडको आर्थिक लाभ गर्ने छ।